Skip to content
LAXMI SUNRISE BANK

‘मेन्टेनेन्सका नाममा पैसा उठाउन’ बिगारियो नेप्सेको मिटर, १००० अंकले घटेको देखाइयो नेप्से !

अर्थ सरोकार

काठमाडौँ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिस्टम नै बिगारिएको छ । शुक्रबार सुरुवातमा राम्रै चलिरहेको सिस्टम बजार बन्द हुने बेलामा अचानक बिगारिएको हो ।

सर्किट ब्रेकर प्रणालीअनुसार नेप्से इन्डेक्स अधिकतम ८ प्रतिशतभन्दा धेरै घट्ने वा बढ्ने नहुने भए पनि शुक्रबार बजार एक्कासी ३७ प्रतिशतले घटेको छ ।

शुक्रबार ३७ प्रतिशत अर्थात १०००.९३ अंकले घटेर बजार १७१७.७९ बिन्दुमा झरेको छ । बजार अचानक १ हजार अंकले घटेपछि सेयर लगानीकर्ताहरु समेत अचम्ममा परेका छन् ।

बजार एक दिनमै १ हजार अंकले घटेपछि सेयर लगानीकर्ताहरुले नेप्सेको सिस्टममाथि नै प्रश्न उठाएका छन् । यद्यपि हाल नेप्सेको वेबसाइटमा मेन्टेनेन्स देखाइरहेको छ ।

यता नयाँ आर्थिक वर्षमा मेन्टेनेन्सका नाममा पैसा उठाउन जानाजान नेप्सेको मिटर बिगारिएको लगानीकर्ताको आरोप छ । यसो त यसअघि पनि मेन्टेनेन्सका नाममा पैसा उठाउन नेप्सेका कर्मचारीले सिस्टममा छेडखानी गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK