Skip to content
LAXMI SUNRISE BANK

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सा र आकाश भैरवको चित्र !

अर्थ सरोकार

काठमाडौँ । सरकारले एक रुपैयाँको सिक्काको नयाँ डिजाइन तयार गरेको छ । सरकारले चुच्चे नक्सासहित सिक्काको नयाँ डिजाइन तयार गरेको हो ।

नयाँ डिजाइनमा आशाश भैरवको चित्र पनि राखिएको छ । सिक्काको नयाँ डिजाइन मन्त्रिपरिषद्बाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगिसकेको छ ।

यसो त राष्ट्र बैंकले यसअघि मुस्ताङको घार गुम्बासहित तस्वीर राख्नेगरी सिक्काको नयाँ डिजाइन पठाएको थियो । तर, मन्त्रिपरिषद्ले सो डिजाइन फिर्ता गर्दै नयाँ डिजाइन प्रस्ताव गर्न भनेको थियो ।

सोही अनुसार राष्ट्र बैंकले पुनः आकाश भैरव र चुच्चे नक्सासहितको डिजाइन पठाएको थियो । उक्त डिजाइन मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । नयाँ डिजाइनको सिक्काको तौल र आकारमा केही परिवर्तन हुने बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK