Skip to content
LAXMI SUNRISE BANK

एमबीएसको प्रश्नपत्र लिक गर्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र आउट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार सुलभ सर भनिने व्यक्तिसहित दुई जनालाई पक्राउ गरेको हो ।

साउन ८ गते एमबीएसको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको ५ मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरी उच्च अधिकारीका साथै त्रिविका पदाधिकारीसँग परामर्श गरी छानबिन समिति बनाउने लगायत विषयमा छलफल गरेका थिए ।

पक्राउ परेका व्यक्तिले ह्वाट्सएपमा ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुप बनाएर परीक्षा सुरु भएको ५ मिनेटमै प्रश्नपत्र आउट गरेको खुलेको प्रहरीले जनाएको छ ।

हाल सीआईबिले आरोपित व्यक्तिलाई नियन्त्रणमालिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK