Skip to content
LAXMI SUNRISE BANK

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका निलम्बित सिइओ बागमतीमा हाम फाले, कारण खोज्दै प्रहरी !

अर्थ सरोकार

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सिइओ) बागमती नदीमा हाम फालेका छन् । कम्पनीबाट निलम्बनमा परेका सिइओ नरेश कुमार रोक्का सोमबार थापाथलीस्थित प्रहरी बिट पछाडीबाट नदीमा हाम फालेका हुन् । 

नदीमा हाम फालेलगत्तै उनलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी ट्रमा सेन्टर पुर्याइएको थियो । प्रहरीका अनुसार उनको अवस्था सामान्य छ । 

उनले नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन । यद्यपि बागमतीमा हाम फाल्नुको कारणबारे खोजी भइरहेको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार चन्द्रागिरी नगरपालिका-१३ का ५९ वर्षीय रोक्का केही महिनादेखि मानसिक स्वास्थ्य सम्बन्धी औषधी सेवन गर्दै आइरहेका छन् । 

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सिइओ बनेका रोक्का कम्पनीको लाइसेन्स प्राप्ति प्रक्रियामा झुठो विवरण परेको गरेको, कागजात किर्ते गरेको, नियामकीय प्रक्रिया उल्लंघन गरेको आरोपमा धितोपत्र कारोबार सम्बन्धी ऐन र बीमा ऐन अन्तर्गत मुद्दा दर्ता भएपछि उनी सिइओबाट निलम्बित भएका थिए । 

उनी यसअघि कृषि विकास बैंकमा डिजिटल बैंकिङ डिपार्टमेन्ट विभागको प्रमुख थिए । कृषि विकास बैंकबाट अवकाश पाएपछि उनी बीमा क्षेत्र प्रवेश गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK