Skip to content
LAXMI SUNRISE BANK

गुणस्तरहीन प्रमाणित भइसकेको रमपम अझै खुलेआम बिक्री !

अर्थ सरोकार

काठमाडौँ । गुणस्तरहीन प्रमाणित भइसकेको रमपम चाउचाउ खुलेआम बिक्री भइरहेको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन प्रमाणित गरिसकेको एसियन थाई फुड्सद्वारा उत्पादित रमपम बजारमा बिक्री भइरहेको पाइएको हो । 

विभागले केही समयअघि चाउचाउको स्याम्पल परीक्षण गर्दा ए/२३सी२ ब्याचको रमपम चाउचाउ गुणस्तरहीन रहेको प्रमाणित गरेको थियो । 

चाउचाउमा खाद्य पदार्थ न्यूनस्तरको भेटिएपछि विभागले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को दफा ३८ (२) को प्रावधान अनुसार उक्त ब्याचका सबै चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न र बिक्री नगर्न निर्देशनसमेत दिएको थियो । 

तर, विभागले स्पष्ट रुपमा अखाद्य रमपम बजारबाट फिर्ता गर्न र नबेच्न निर्देशन दिए पनि रमपम चाउचाउ खुलेआम बजारमा बिक्री भइरहेको छ । यतिसम्म कि रमपमको अखाद्य प्रमाणित भएकै ब्याचसमेत बजारमा बिक्री भइरहेको छ । 

विशेषगरी अखाद्य प्रमाणित भएका रमपम चाउचाउ चटपटे पसल, हाइवेका होटल तथा गाउँहरुमा बढी बिक्री भइरहेको फेला परेको छ । सरकारले नै अखाद्य प्रमाणित गरेको रमपम खुलेआम बिक्री भइरहँदा पनि सम्बन्धित निकाय भने बेखबर छ । यही कारण अखाद्य वस्तु बेचिरहेको रमपमले विभागको निर्देशन अटेर गर्दै अखाद्य प्रमाणित ब्याचका चाउचाउसमेत बजारबाट फिर्ता नगरेको पाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK