काठमाडौँ । सिटिजन्स बैंकले किर्ते पास गरिएको जग्गामा सवा करोड लगानी गरेको खुलासा भएको छ । बैंकको विराटनगर शाखाले मोहीको नाम नै गायब पारेर नामसारी गरिएको जग्गा धितोमा राखेर १ करोड ३० लाख रुपैयाँ ऋण दिएको खुलासा भएको हो ।
अझ अचम्मको कुरा, किर्ते पास गरिएको जग्गा धितोमा राखेर बैंकले ३ घण्टामै सो ऋण दिएको देखिन्छ । ऋणीले बैंकमा लालपुर्जा लिएर गएको ३ घण्टामै बैंकले सो धितोमा १ करोड ३० लाख ऋण दिएको पाइएको छ । जबकी बैंकमा काजगात मिलाउने, धितो मूल्यांकन गर्ने, धितो रोक्का, ऋण स्वीकृत गर्ने लगायतका सबै प्रक्रिया एक दिनमै पूरा गर्न असम्भव छ । स्वयम् बैंककै कर्मचारीले समेत १ करोड ३० लाख ऋण एक दिनमै पास गर्न नसकिने बताउँछन् ।
भएको के हो ?
मोरङको जहदा गाउँपालिका-५ स्थित कित्ता नम्बर ८० को (१२ कठ्ठा १५ धुर) जग्गाधनी रोमीदेवी चौधरी हुन् । उक्त जग्गामा अजबलाल केवट मोही थिए ।
सो जग्गा रोमीदेवीका श्रीमान दिलीपकुमार चौधरीले २०७९ सालमा राजेन्द्रप्रसाद केवटसँग १३ लाख रुपैयाँ ऋण लिएर धितोका रुपमा पास गरिदिएका थिए । तर, दिलीपलाई जानकारी नै नदिई राजेन्द्रप्रसादले सो जग्गा सन सप्लायर्सलाई बिक्री गरिदिएका थिए ।

यसो त मोही रहेको जग्गामा मोहीको हक सुरक्षित नगरी वा मोहीको लगत कट्टा नगरी त्यस्तो जग्गा धितो राखेर ऋण प्रवाह गर्न मिल्दैन ।
तर, यो प्रकरणमा मोही (अजबलाल केवट) लाई जानकारी नै नदिई बैंकले किर्ते पास गरिएको जग्गा धितोमा राखेर ऋण दिएको छ । प्राप्त प्रमाण अनुसार लगत कट्टा गरेर असार ३० गते सो जग्गा रोमीदेवीको नामबाट सन सप्लायर्सका सञ्चालक सचिव साह हलुवाईको नाममा जग्गा पास गरिएको छ ।

जग्गा पास भएको भोलिपल्टै अर्थात असार ३१ गते सिटिजन्स बैंकको विराटनगर शाखाले सोही जग्गा धितो राखेर १ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरेको छ ।
अर्कोतर्फ बैंकले सो जग्गाको अस्वभाविक मूल्यांकन गरेको पनि स्रोतको दाबी छ । स्रोतका अनुसार उक्त जग्गाको वास्तविक बजार मूल्य करिब ३० लाख रुपैयाँ छ । तर, भूमि प्रशासन कार्यालयमा जग्गा पास गर्दा उक्त जग्गाको मूल्यांकन ४३ लाख ६५ हजार ६ सय रुपैयाँ कायम गरेको देखिएको छ ।
हाल उक्त प्रकरण बाहिरिएपछि भूमि प्रशासन कार्यालयले स्रेस्तामा रहेको मोहीको नाम-थर महलमा डटपेनले ‘अजबलाल केवट’ थपिदिएको छ ।

तर, बैंकमा धितोका रुपमा राखिएको लालपुर्जामा भने मोहीको नाम उल्लेख छैन । यसरी किर्ते पास गरिएको जग्गा धितोमा राखेर १ दिनमै १ करोड ३० लाख ऋण प्रवाह हुनुमा बैंकका कर्मचारीको बदमासी प्रष्ट देखिन्छ । यद्यपि बैंकले भने उक्त विषयमा कुनै प्रतिक्रिया दिएको छैन । हाल उक्त विषयमा प्रहरीमा समेत उजुरी परेको छ । सो विषयमा थप प्रमाण संकलन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्