Skip to content
LAXMI SUNRISE BANK

झण्डै दुई अर्ब बराबरको हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । झण्डै दुई अर्ब बराबरको हुण्डी कारोबारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धादिङ घर भई नागार्जुन नगरपालिका-८ बस्ने वर्ष ४९ को राजेन्द्रप्रसाद रिजाललाई सोही ठाउँस्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो ।

केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने सूचनाको आधारमा त्यस्ता शङ्कास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्दै जाने क्रममा उनलाई पक्राउ गरिएको व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम्शेर जबराले जानकारी दिएका छन् ।

निजले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी रु एक अर्ब उनानब्बे करोड पैसठ्ठी लाख ३९ हजार ४५४ बराबरको रकम हुण्डीको माध्मबाट कारोबार गरेको प्रारम्भिक अनुुसन्धानबाट देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK