काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन ब्रोकर कम्पनीलाई कारवाही गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै बोर्डले तीन ब्रोकर कम्पनीलाई कारवाही गरेको हो ।
बोर्डको कारवाहीमा पर्नेमा सिप्ला सेक्युरिजिट (ब्रोकर नम्बर २०), कृष्ण सेक्युरिटिज (ब्रोकर नम्बर २८) र हातेमालो फाइनान्सियल सर्भिसेज (ब्रोकर नम्बर ७२) रहेका छन् ।
यी कम्पनीले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ (क) को उपदफा ४ को खण्ड (घ) र दफा ७ (ग) को व्यवस्था उल्लंघन गरेपछि कारवाही गरिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार कारवाहीस्वरुप सिप्लालाई ५० लाख रुपैयाँ र कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०-३० लाख रुपैयाँ आर्थिक जरिवाना तिराइएको छ । यी तीनवटै ब्रोकरलाई मनी लाउण्डरिङ्ग निवारण ऐन अनुसार कारवाही गरिएको बोर्डले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्