काठमाडौँ । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी-२) र व्यापारिक (बी-१) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ ।
नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ देखि ३० लाख रुपैयाँ) धरौटी राख्नुपर्नेछ । यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ ।
भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्ने (ओभरस्टे) प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था स्थायी बनाइएको मन्त्रालयले जनाएको छ । दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकमा यो नियम लागू हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्