
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णााली प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टी भएको संक्रमितमध्ये सुर्खेतका चारजना, सल्यानका तीनजना, दैलेखका एकजना, कालीकोट र हुम्लाका एक/एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७४९ पुगेको छ ।
यस्तै, कर्णालीमा सोमबार थप ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५१९ पुगेको छ भने २२४ जना आइसोलेसनमा रहेका छन् । ६ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्