- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (सोमबार, साउन ५ गते)देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।
बैंकले बचत खातातर्फ २.५% देखि ४% सम्म ब्याजदर कायम गरिएको छ । त्यसैगरी विदेशी मुद्राको बचततर्फ १% देखि २% सम्म ब्याजदर कायम गरिएको छ ।
त्यसैगरी बैंकले फिक्स डिपोजिटमा व्यक्तितर्फ ३ महिनाका लागि ७%, ३ महिनादेखि १ वर्षसम्म ७.२५%, १ वर्षदेखि २ वर्षसम्म ७.५०% र २ वर्षभन्दा माथिका लागि ७.७५% ब्याजदर कायम गरिएको छ । त्यसैगरी संस्थागततर्फ फिक्स डिपोजिटमा ३ महिनाका लागि ६.५०% र ३ महिनापछि नविकरण हुने गरी ६.६०% ब्याजदर कायम गरिएको छ ।
बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :