काठमाडौँ । बैंकबाट इसेवामा पैसा लोड गर्दा बैंकबाट पैसा काटिने तर इसेवामा लोड नै नहुने समस्या देखिएको छ । शुक्रबार इसेवाका धेरै ग्राहकले यस्तो समस्या भोगेको गुनासो गरेका छन् ।
‘आज मैले मेरो बैंक खाताबाट मोबाइल बैंकिङ प्रयोग गरेर इसेवा वालेटमा पैसा लोड गरेको थिएँ। बैंक खाताबाट पैसा काटिएको म्यासेज र नोटिफिकेसन त तुरुन्तै आयो, तर इसेवा वालेटमा अहिलेसम्म एक रुपैयाँ पनि थपिएको छैन। ब्यालेन्स जस्ताको त्यस्तै देखाउँछ।न त पैसा इसेवामा आयो, न बैंक खातामै फिर्ता भयो।’ इसेवाका ग्राहक धर्मेन्द्र दासले सामाजिक संजालमा लेखेका छन्- ‘अर्जेन्ट काम परेर पैसा लोड गरेको, बीचैमा पैसा ब्लक भएर बस्दा निकै ठूलो समस्या आइपर्यो।’

उनले आफ्नो रकम तुरुन्त इसेवामा जम्मा हुनुपर्ने माग गरेका छन् । ‘इसेवाको सिस्टम यति धेरै अनपेक्षित र अविश्वसनीय कहिलेसम्म भइरहने हो ? यस्तो लापरबाहीले गर्दा डिजिटल बैंकिङमाथि कसरी विश्वास गर्ने?’ उनले लेखेका छन्- ‘इसेवा केयर, मेरो यो समस्या तुरुन्तै हेरियोस्। बैंकबाट काटिएको रकम कि त तुरुन्तै मेरो इसेवा वालेटमा जम्मा गरियोस्, कि त बैंक खातामै फिर्ता पठाइयोस् !’
धर्मेन्द्र मात्र होइन, यस्तो समस्या इसेवामा थुप्रै ग्राहकले भोगिरहेका छन् ।
इसेवा भने यस विषयमा बोल्नै मानिरहेको छैन । इसेवाका कर्मचारीले पछिल्लो समय इसेवामा ग्राहकका गुनासो अत्याधिक भएकाले हेर्न निकै गाह्रो भईरहेको बताएका छन् । लामो समयदेखि अनेक समस्या देखिंदा पनि इसेवाले ग्राहकका समस्याको सम्बोधन गरेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्