काठमाडौँ । बजारमा थरी थरीका अटो शो लागिरहेका छन् । र त अमेरिकाको डिभी भन्दा चर्को चर्चा बजारमा इभकै छ । इभीको चर्चा पनि यसरी चलाइएको छ कि, अवको समय इभीकै हो, चढ्ने भनेको त इभी हो, कहाँ पेट्रोलमा खर्च गर्ने ? सस्तो भनेकै इभी हो । तर, इभि त इभि कुन इभी ? आज इभिमा भोलि टिभीमावाला इभी हो कि, आज इभी गाडीमा भोलि झ्याम्मै झाडीमा वाला इभी हो कि, इभि मेड इन चाइना, हिजोसम्म ठिकै थियो, आज छैन वाला इभी हो कि साँच्चै राम्रो इभी । अटो शोहरुमा तपाईं जानुभयो भने कसैले पनि मेरो इभी फलानोको भन्दा नराम्रो छ भन्दैन । सबैको दाबी छ- ‘हामी बेष्ट इभी ।’ तर बेच्नेका कुरामात्र सुनेर, इभीका समस्या नबुझेर, पैसा लिएर बनाइएका रिभ्यु वा टेस्ट ड्राइभका भिडियोहरु हेरेर, साथीको लहैलहैमा लागेर नाम नै नसुनिएका इभी किन्दा धेरै नागरिक मारमा परेका छन् ।
इभी चढेर दुश्मनको मन जलाउँछु भन्नेहरुको आफ्नै इभी जलेको छ । अलि अलि ठोक्किँदा केही हुँदैन भन्नेहरुको इभीकै भित्तामा ठोक्किँदा ३ किस्ता तिर्ने पैसा एकैपटक सकिएका उदाहरण त कति छन् कति । पेट्रोल गाडी अलिअलि छुँदा पनि बनाउन खासै खर्च आउँदैन, तर इभीमा सेन्सर हुने भएकाले दिमागकै सेन्सर उड्ने गरी खर्च हुन्छ । यतिसम्म त ठिकै थियो, आज हामी त्यस्तो खबर लिएर आएका छौँ, जसले इभी किन्नुअघि तपाईंलाई २ पटक होइन १० पटक सोच्न बाध्य बनाउँछ । यो खबर हेरेपछि सायद तपाईंले नाम नसुनेका इभी किन्दै किन्नुहुन्न । किनेपनी बुझेर किन्नुहुन्छ ।
सबैतिर इभीको वाहवाही सुनेपछि, अवको समय त इभीकै हो भन्ने हल्ला सुनेपछि कृष्ण सुवेदीले पनि नयाँ गाडी इभी नै किन्ने निधो गरे । उनले गाडी ६० लाख रुपैयाँमा किनेका थिए । तर बीचमा गाडी दुर्घटनामा पर्यो । खर्च कति आयो होला ? थाहा छ । खर्च त होस् उडाउनेगरी आयो । ६० लाखमा किनेको इभी, बनाउने खर्चचाहिँ आउने भयो १ करोड ३६ लाख ८८ हजार २ सय ३८ रुपैयाँ। अर्थात झन्डै झन्डै नयाँ इभी किन्दा भन्दा डबल रकम । अझ करोड बढी खर्च गरेर बनाइएको इभी कस्तो बन्छ पनि ग्यारेन्टी छैन रे । सामान चाइनाबाटै मगाउनुपर्ने भएकाले सो गाडी बनाउन नै ५-६ महिना लाग्छ रे । वा ५-६ महिनासम्म गाडीको किस्ताले अर्को तनाव दिने वाला छ ।
पछिल्लो समय गाडी व्यवसायीहरु पनि इभीमा सिफ्ट भएका छन् । सहुलियत हुन्छ, कम खर्च हुन्छ हुन्छ भनेर पेट्रोल, वा डिजेल गाडी छाडेर व्यवसायीहरु इभी गाडीमा सिफ्ट भएका छन् । तर गाडी बिग्रेपछि बनाउनुपर्दा, धेरैको सात्तो गएको छ । ६० लाखको गाडी बनाउन १ करोड बढी लाग्नुको एउटा खास कारण छ । यसअघि ब्याट्रीको क्षमता अनुसार भन्सार लिइने हुनाले कम भन्सार तिर्नका लागि त्यसबेला ब्याट्रीको क्षमता कम देखाएर गाडी नेपाल ल्याइए । ती ब्याट्री धेरै टिकेनन् । बिग्रेपछि त्यही गाडीको ओरिजिंगल ब्याट्री मात्र फेर्न ६८ लाख रुपैयाँ तिर्नुपर्ने भयो । गाडी ६० लाख रुपैयाँको फेर्नुपर्ने ब्याट्री ६८ लाख रुपैयाँको । अनि जय जय राम जीकी भन्नु बाहेक विकल्प छ त ।

अव कुन गाडी किन्दा यस्तो भयो भन्नुहोला । यस्तो समस्या देखिएको गाडीचाहिं जोयलङ माइक्रो इभी हो । बेच्ने बेलामा एकदम राम्रो हुन्छ भनेर गफ दिए । ब्याट्रीको भन्सार कम तिरेर नेपाल गाडी ल्याए । ६० लाखमा गाडी भिडाए, अहिले बनाउन लाग्ने भयो एक करोड ३६ लाख बढी । अझ बनिसकेपछि पनि यसको कुनै ग्यारेन्टी हुन्न । फेरी बिग्रियो भने अर्को ५–६ महिना समय उसै स्वाहा । गाडी नचलेपछि किस्ता उसै स्वाहा । अनि त, आहा भनेर किनेको इभी, आज छ्या भएपछि बिजोग रमाइलो भएन र ?
ल्याउँदा ब्याट्रीको क्षमता कम देखाएर भन्सार छलिएको छ । ती गाडीका ब्याट्रीमा समस्या आए ठुलो खर्च आउने पक्कापक्की छ । धेरै इभी गाडीको त नेपालमा सामान नै पाइन्न । चाइनाबाट मगाउनुपर्ने, र त्यसमा थुप्रै समय लाग्ने हुनाले नबुझेर इभी किन्नेहरुले दुख पाउँछन् नै । अझ बनिसकेपछि पनि ग्यारेन्टी नहुने भएपछि त उही बुढापाकाले भने जस्तो मेड इन चाइना, आज छ भोलि छैन भनेजस्तो भएन र ? दुख नै पाउन त के गाडी किन्नु ? यसै पनि दुखजिलो दुई दिने जिन्दगीमा, होइन र ?
हाम्रो भनाई सबै इभी नराम्रा छन्, झुर छैन भन्ने हुँदैन होइन । विश्व बजार नै इभीमा सिफ्ट भईरहेका बेला ढिलो चाँडो समय इभीकै हो । तर इभीका नाममा जस्तो पनि गाडी बेच्ने, उपभोक्तालाई दुख दिने, विदेशमा डिफेक्ट भएर फिर्ता भएका गाडीलाई नेपाल पठाउने, भन्सारमा छली गरेर त्यसको भार पछि गाडी किन्नेमा थोपर्ने, नाम नै नसुनिएका, लहर चलेको छ भनेर बेकारका गाडी बेच्ने, यसै त चाइनीज माल त्यसमाथि पनि नाम नसुनिएका कमसल गाडी नेपालीलाई भिडाउने काम बन्द हुनुपर्छ भन्ने हो । अझ कतिपय चलेकै ब्राण्डले पनि विदेशमा डिफेक्ट देखिएका गाडी नेपालमा ल्याइएको चर्चा बारे अनुसन्धान हुनुपर्छ भन्ने हो । नेपाललाई इभी सिफ्टका नाममा थोत्रा टिनहरुको गार्बेज एरिया बनाउन हुँदैन भन्ने हो हाम्रो कुरा ।
सकेसम्म लिए हुन्थ्यो इभीसम्बन्धि शिक्षा, बाँकी तपाईंको पैसा, तपाईंको ऋण, तपाईंको इक्षा । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्