Skip to content
LAXMI SUNRISE BANK

राइडरका माग सम्बोधन गर्न इन्ड्राइभ तयार, वार्ताका लागि बोलायो

अर्थ सरोकार

काठमाडौँ । इन्ड्राइभले आन्दोलनरत राइडरका माग सम्बोधन गर्न तयार रहेको बताएको छ । एक विज्ञप्ति जारी गर्दै इन्ड्राइभले आन्दोलनरत राइडरका जायज माग सम्बोधन गर्न तयार रहेको जनाएको हो । 

सोही विज्ञप्तिमार्फत इन्ड्राइभले राइडरहरुलाई आन्दोलन स्थगित गर्न र वार्ताको माध्यमबाट समाधान खोज्न पनि अपिल गरेको छ । 

राइडरका मागहरुका विषयमा आन्तरिक छलफल सुरु भइसकेको बताइएको छ । पूर्वाधार विकास मन्त्रालय, स्वतन्त्र चालक फाउन्डेसन नेपाल, आईओई पुल्चोक र अन्य राइड सेयरिङ कम्पनी लगायतका सम्पूर्ण सरोकारवालासँग समन्वय गरी वार्ताको माध्यमबाट समस्या समाधान गरिने इन्ड्राइभले जनाएको छ । 

राइडरलाई अन्याय हुनेगरी भाडादर तोकिएको र कमिसन बढेको भन्दै इन्ड्राइभ राइडरहरु आन्दोलनमा छन् । राइडरको आन्दोलनका कारण सेवाग्राही र चालक दुवै मर्कामा पर्दै आएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK