काठमाडौँ । नेपाल एसबिआई बैंकको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १२.८९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले कुल २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३० प्रतिशतले बढेको भने खुद फि तथा कमिसन आम्दानी ७.१२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी पनि ५.२१ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा ६.२२ प्रतिशतले बढेको बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ३ करोड ५ लाख रुपैयाँबाट घटेर ९४ करोड १ लाख रुपैयाँमा घटेको छ । यही कारण पनि समीक्षा अवधिमा बैंकको नाफा बढ्न पुगेको हो ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको इपिएस १ रुपैयाँ ४२ पैसाले बढेर १८ रुपैयाँ ४ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा छ ।
कुल चुक्ता पूँजी ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १० अर्ब ७३ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकले कुल २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल १ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्