काठमाडौँ । कुमारी बैंकको नाफा ह्वात्तै बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३०५.९६ प्रतिशतले बढेको हो । बैंकले यस अवधिमा कुल ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद आम्दानी बढेपछि र इम्पेयरमेन्ट चार्ज रिभर्स भएपछि गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको खुद नाफा बढ्न पुगेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेको छ । बैंकको खुद फि तथा कमिसन आम्दानी १४.५५ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ७.६६ प्रतिशतले बढेको छ ।
यता बैंकको १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज पनि रिभर्स भएको छ । अर्कोतर्फ बैंकको सञ्चालन मुनाफा पनि १०१.०९ प्रतिशतले बढेको छ भने वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँ २ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको इपिएस २१ रुपैयाँ २३ पैसाले बढेर २८ रुपैयाँ १७ पैसा पुगेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात ७.४५ गुणा रहेको छ । कुल चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकले ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्