Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई ५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको २०८३ साउन २६ गते बसेको १७४औँ बैठकले उक्त लाभांश प्रस्ताव गर्दै दशौँ वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गर्ने निर्णय गरेको हो ।

क्यापिटलको दशौँ वार्षिक साधारणसभा आगामी भदौ २६ गते शुक्रबार बिहान ९ बजे थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्नेछ । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरेको ५० प्रतिशत नगद लाभांश वितरणलाई स्वीकृति दिने एजेन्डा रहेको कम्पनीले जनाएको छ ।

यससँगै कम्पनीले डिजिटल सेवाको विस्तारलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । ‘अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने नारासहित सेवा विस्तार गरिरहेको क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म आफूले प्रदान गर्ने अधिकांश सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।

कम्पनीका अनुसार यस पहलले ग्राहकलाई कार्यालयमा उपस्थित नभई सहज रूपमा लगानी तथा क्यापिटलसम्बन्धी सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK