Skip to content
LAXMI SUNRISE BANK

नेप्सेको सिइओ बन्न ८ जनाले दिए आवेदन, नयाँ सिइओ नियुक्त गर्न ३ हप्ता लाग्ने !

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि ८ जनाले आवेदन दिएका छन् । साउन २६ गतेसम्म नेप्सेको सिइओ बन्न ८ जनाले आवेदन दिएका हुन् । 

अर्थ मन्त्रालयले रिक्त रहेको नेप्सेको सिइओ पदमा खुला प्रतिस्पर्धामार्फत सिइओ नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । 

हालसम्म ८ जनाले मात्र आवेदन दिएको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन् । योसँगै अब ती अधिकारीका अनुसार अवोदकहरुले पेश गरेको व्यवसायिक कार्ययोजनाको मूल्यांकन प्रक्रिया अघि बढाइनेछ ।

सुरुमा नेप्सेको सिइओ नियुक्तिका लागि गठन गरिएको छनोट समितिले ८ जनामध्ये उत्कृष्ट उम्मेदवारको नाम सर्टलिस्ट गर्नेछ । सर्टलिस्टमा परेकाहरुले आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन् भने उनीहरुको अन्तर्वार्ता हुनेछ । सबै प्रक्रिया सकिएपछि नेप्सेको नयाँ सिइओ नियुक्त गरिनेछ । नेप्सेको नयाँ सीइओ नियुक्त हुन भने अझै ३ हप्ता लाग्ने बताइएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK