Skip to content
LAXMI SUNRISE BANK

सामान्य घट्यो शिवम् सिमेन्टको नाफा, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

अर्थ सरोकार

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १.७२  प्रतिशतले घटेको छ । 

कम्पनीले यस अवधिमा ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १०.८७ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीको कुल नाफा ७.८४ प्रतिशतले घटेको छ भने कम्पनीको वित्तीय खर्च १९.४४ प्रतिशतले बढेको छ । 

त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको कुल खर्च १३.२५ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि ६० पैसाले घटेर १४ रुपैयाँ ३ पैसा कायम भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा छ भने मूल्य आम्दानी अनुपात ४४.२७ गुणा रहेको छ । 

कुल चुक्ता पूँजी ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ९६ करोड रुपैयाँ सञ्चित छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK