काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६०.६८ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा बैंकले कुल ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशतले बढेको छ । बैंकको खुद फि तथा कमिसन आम्दानी ८.३४ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी १४.१९ प्रतिशतले बढेको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको सञ्चालन मुनाफा पनि ६४.२६ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब २३ करोड ४४ लाख रुपैयाँबाट घटेर ८४ करोड ७९ लाख रुपैयाँमा झरेको छ । यही कारण बैंकको नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको इपिएस ११ रुपैयाँले बढेर २९ रुपैयाँ १४ पैसा पुगेको छ । कुल चुक्ता पूँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४० अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्