Skip to content
LAXMI SUNRISE BANK

लायन्स क्लब अफ काठमाडौँ डायमण्डमा नयाँ पदाधिकारी नियुक्त, पुरानालाई सम्मान

अर्थ सरोकार

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ डायमण्डले नयाँ पदाधिकारी नियुक्ति तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार काठमाडौँको रोयल एलिनाज क्याफेमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

मल्टिपल काउन्सिल चियर लायन केशर बहादुर भण्डारीको प्रमुख आथिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा यस वर्षका लागि नयाँ पदाधिकारी नियुक्त गरिनुका साथै पूर्व पदाधिकारीलाई सम्मान गरिएको छ ।

त्यस्तै, कार्यक्रममा आगामी वर्षका लागि सामाजिक कार्यक्रमहरुको खाकासमेत सार्वजनिक गरिएको छ । कार्यक्रममा चार्टर्ड प्रेसिडेन्ट डा. भद्रा भण्डारी पराजुलीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न लायन्स अगुवाहरूलाई सम्मान गरिनुका साथै क्लबको नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै पदस्थापन गरिएको लायन्स क्लब अफ ड्रिम्सका चार्टर्ड प्रेसिडेन्ट भुवन भण्डारीले जनाएका छन् ।

भण्डारीका अनुसार उक्त कार्यक्रमबाट आगामी वर्षका लागि रक्तदान कार्यक्रम, मिनभवनस्थित निसहाय सदनमा नियमित भोजन वितरण तथा ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यालय झोला वितरण कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने निर्णय गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK