काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नं. ०५ घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८ बस्ने ३३ वर्षीय चुडामणी रखाल रहेका छन् ।
रखालले क्यानडा पठाउने भन्दै एक जनाबाट एक लाख ८५ हजार रुपैयाँ ठगी गरेका थिए ।
आकर्षक तलबको प्रलोभनमा पारेर क्यानडा पठाउने भन्दै लामो समय झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै उनीविरुद्द पीडितले उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले भदौ २७ गते सूर्यविनायकबाट पक्राउ गरेको हो ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्