काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था ठिक रहेको बताएको छ । नेपाल इन्भेष्टमेन्ट मेगाको सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले यस्तो जनाएको हो ।
राष्ट्र बैंकले बैंकको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै बैंकको तरलताको अवस्था लगायत वित्तीय सबलताका परिसूचकहरु तोकिएका मापदण्ड अनुसार सन्तोषजनक रहेको बताएको छ ।
त्यस्तै, बैंकको दैनिक कार्य सञ्चालनमा समेत कुनै पनि जटिलता नभएको र जटिलता उत्पन्न हुने अवस्था नदेखिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
हाल उक्त मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । यही कारण बैंक सञ्चालकको दैनिक अवस्थासहित मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट थप छलफल र कानूनी रायसमेत लिएर कानून अनुसार सञ्चालक समिति र उच्च व्यवस्थापन एवम् बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्