Skip to content
LAXMI SUNRISE BANK

२४सै घण्टा खुल्न थाल्यो भाटभटेनी सुपरमार्केट, रातभरी सामान किनमेल गर्न पाइने !

अर्थ सरोकार

काठमाडौँ । भाटभटेनी सुपरमार्केट २४सै घण्टा खुल्न थालेको छ । भक्तपुरको राधेराधेस्थित सुपरस्टोरबाट २४सै घण्टा सेवाको सुरुवात गरिएको हो ।

हाल भाटभटेनी सुपरमार्केटले काठमाडौँ उपत्यकाका तीन जिल्ला (भक्तपुर, ललितपुर, काठमाडौँ)मा एक–एक स्टोरबाट २४सै घण्टा सेवा सुरु गरिने बताइएको छ ।

सुरुवातमा भक्तपुरको राधेराधेबाट २४सै घण्टा सेवा सञ्चालन गरिएको छ । ललितपुरको पाटनस्थित कृष्णगल्लीस्थित र काठमाडौँको टंगालस्थित स्टोरबाट पनि २४सै घण्टा सेवा सञ्चालन गर्ने तयारी रहेको बताइएको छ ।

२४सै घण्टा सेवा सञ्चालन भएसँगै अब सपिङ गर्न चाहने र दिनमा पर्याप्त समय नहुनेहरुलाई सहज हुने विश्वास गरिएको छ । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले समेत उक्त अभ्यासको प्रशंसा गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK