काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा ‘केहि समय बाहिर बसियो भने आउटडेटेड भइन्छ’ भन्ने बहस बेलाबेला चल्ने गरेको छ । तर, यो बहसलाई गलत सावित गर्नेगरी राज रिमाल प्रभु बैंकको डेपुटी जनरल मेनेजरमा नियुक्त भएका छन् । बैंकमा एजिएम रहेका कसलाई प्रमोसन गर्ने भन्ने चर्चाका बीच बैंकले भने एक जना एजिएमलाई धनगढी सरुवा गरेर, बैंकले राज रिमाललाई डेपुटी जनरल मेनेजरका रुपमा बैंक भित्र्याएको छ ।
रिमालले बैंकिङ नगरेको करिव १० बर्ष भईसकेको थियो । ‘जेनजी बैंकर’हरुलाई कमर्ज एण्ड ट्रष्ट नामको बैंक थियो भन्ने पनि थाहा नहुन सक्छ । रिमाल सोहि कमर्ज एण्ड ट्रष्ट बैंकमा काम गरेका बैंकर हुन् । पछि सो बैंक ग्लोबल आईएमई बैंकमा मर्ज भयो ।
मर्जरपछि रिमालले ग्लोबल आईएमई बैंकमा पनि केहि समय काम गरे । तर ‘पर्फर्मेन्समा इस्यु’ देखिएको भन्दै तत्कालीन व्यवस्थापनले उनलाई काठमाडौँ बाहिर सरुवा गरिदियो । सरुवामा परेपछि उनले बैंक छाडे । त्यति बेला नै पनि उनले अर्को बैंकमा जागिर खान खोजेका थिए । तत्कालीन नेपाल बंगलादेश बैंक (हाल नबिलमा मर्ज भएको)मा अन्तर्वार्तासमेत दिएका थिए । तर सो बैंकले पनि उनलाई राखेको थिएन ।
उनी काठमाडौँ बाहिर सरुवा हुँदा उनीसँगै काम गर्थे अहिलेका प्रभु बैंकका सिइओ सुमन शर्मा । अझ खास संयोग त के छ भने, उनी त्यतिबेला ग्लोबल आईएमई बैंकले काठमाडौँ बाहिर सरुवा गरिदिएकै कारण जागिर छाड्ने स्थितिमा पुगेका थिए । अहिले प्रभु बैंकले एजिएम रमेश श्रेष्ठलाई काठमाडौँ बाहिर सरुवा गरिदिएर उनलाई रमेश भन्दा माथिल्लो पोष्टमा ल्याएको छ ।
रिमाललाई प्रभु बैंकले डेपुटी सिइओ बनाउने योजनाका साथ बैंकमा भित्र्याएको बुझिएको छ । यसअघि प्रभु बैंकमा एजिएम रहेका निरज लम्साल कामु सीइओ समेत बनेका थिए । तर, अव रिमाल लम्सालभन्दा पनि माथिल्लो पदमा बैंक भित्रिएका छन् । निरज लम्सालसहित अन्य एजिएमबीच अवको डेपुटी सीइओ को बन्ने भन्ने प्रतिष्पर्धा चलिरहेको थियो । तर सबैलाई चक्मा दिँदै रिमाल प्रभु बैंक भित्रिएपछि अरु एजिएमहरुको डेपुटी सिइओ बन्ने योजनाको ‘च्याप्टर क्लोज’ भएको छ ।
प्रभु बैंक यसै पनि घाटामा छ । दर्जनौँ फाइल बिग्रिएका छन् । महिनैपिच्छेजसो बैंकका अधिकारीहरु प्रहरी हिरासतसम्म पुगिरहेका छन् । यस्तो अवस्थामा बैंकिङ नगरेको नै १० बर्ष भईसकेका व्यक्तिको ‘पर्फर्मेन्स’ कस्तो हुन्छ भन्ने चर्चा बैंकमा सुरु भएको छ । यद्यपी, सिइओ शर्माले राम्रै सोचेर उनलाई भित्र्याएको हुनसक्ने चर्चा पनि त्यतिकै छ ।
ग्लोबल बैंक छाड्नु परेपछि रिमाल चौधरी ग्रुपमा काम गर्न गएका थिए । आफु ग्लोबलमा काम गर्दाका नजिकका दाजु प्रभुमा सिइओ भएपछि बैंकिङमा रिमालका दिन फर्किएका हुन् । यसो त, यसअघि पनि उनले विभिन्न बैंकमा काम गर्ने प्रयास गरेका थिए, तर सफल हुन सकेका थिएनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्