Skip to content
LAXMI SUNRISE BANK

को हुन् राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त भएका दीर्घ रावल ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ बहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । 

लामो समयदेखि रिक्त रहेको डेपुटी गभर्नर पदमा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रावललाई नियुक्त गरिएको हो ।

रावल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । एक वर्ष अघि राष्ट्र बैंकको कार्यकारी निर्देशक भएका रावले बैंक सुपरीवेक्षण विभागको नेतृत्व गरिरहेका छन् । 

यसो त रावलले यसअघि (सन् २०१९ देखि २०२४) सम्म सम्पत्ति शुद्धीकरण र आतंकवादको वित्तीय व्यवस्थापन हेर्ने फाइनान्सियल युनिटको नेतृत्व गरेका थिए । उनीसँग राष्ट्रिय समन्वय समितिको सदस्य सचिवका रुपमा काम गरेको अनुभव समेत छ । 

राष्ट्र बैंक प्रवेश गर्नुअघि रावल नेपाल बैंकको सहायक प्रबन्धक थिए । राष्ट्र बैंकमा भने उनले आर्थिक अनुसन्धान विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेर काम सुरु गरेका थिए ।

उनी काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा पीएचडी स्कलर हुन् । अर्थशास्त्रमा स्नातकोत्तर र व्यवस्थापनमा एमबीए गरेका उनले समाजशास्त्रमा समेत स्नातकोत्तर गरेका छन् । रावल सामना बैंकिङ पुरस्कार, २०१२ बाट सम्मानित समेत भएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK