काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घ बहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् ।
पद तथा गोपनीयताको शपथ लिएसँगै डेपुटी गभर्नर रावलले आजै (बिहीबार) पदबहालीसमेत गरेका छन् ।
रावललाई मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले डेपुटी गभर्नर नियुक्त गरेको थियो ।
शपथ ग्रहण समारोहलाई संक्षिप्त सम्बोधन गर्दै गभर्नर डा. पौडेलले डेपुटी गभर्नर रावललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
डेपुटी गभर्नर रावलले २०६२ माघ २ गते सहायक निर्देशकको रुपमा बैंक सेवामा प्रवेश गरेका थिए । उनी २०६९ सालमा उप-निर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए ।
पदोन्नतिपश्चात पछि उनले बैंक सुपरीवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्