काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१२ का ३७ वर्षीय नवीन लामा र सल्ल्यानको शारदा नगरपालिका-२ घर भएका ५० वर्षीय रमेश रेउलेलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा तीन जनाबाट रु १४ लाख र रमेशले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट रु तीन लाख लिएका थिए ।
रकम लिएपछि सम्पर्कविहीन उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्