Skip to content
LAXMI SUNRISE BANK

‘लगानीको वातावरणमा सुधार नआए स्वदेशी पूँजीसमेत पलायन हुनसक्छ’- कमलेश अग्रवाल

अर्थ सरोकार

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको आर्थिक नीतिहरू कागजमा राम्रो भएपनि कार्यान्वयनको तहमा पुग्दा कर्मचारीतन्त्रका कारण जटिल बन्ने गरेको बताएका छन् । आइतबार चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच आयोजित समझदारी पत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा बोल्दै अग्रवालले यस्तो बताएका हुन् । 

अध्यक्ष अग्रवालले नेपालमा प्राकृतिक स्रोत र सम्भावना प्रचुर भएपनि सही आर्थिक नीतिको कार्यान्वयन हुन नसक्दा मुलुकले अपेक्षित गति लिन नसकेको उल्लेख गरेका छन् ।

कानूनी सुधारका नाममा हुने ढिलासुस्ती र प्रशासनिक झमेलाप्रति लक्षित गर्दै उनले संसदबाट पारित भएका कानुनहरूलाई कर्मचारीतन्त्रले नियमावली र कार्यविधिको नाममा उल्ट्याउने गरेको आरोप लगाए । 

चेम्बर र एनआरएनएबीच भएको समझदारीका विषयमा चर्चा गर्दै उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात गर्दै विश्वभर छरिएर रहेका नेपालीहरूको पुँजी, ज्ञान, सीप र प्रविधिलाई मुलुकको विकाससँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, अग्रवालले लगानीको वातावरणमा सुधार नआए स्वदेशी पुँजीसमेत पलायन हुनसक्ने चेतावनी दिएका छन् । दुवै संस्थाले नेपालको आर्थिक विकासका लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK