Skip to content
LAXMI SUNRISE BANK

क्यानडालाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी- ‘अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्ने मूर्खता नगर्नू’

अर्थ सरोकार

काठमाडौँ । ट्रम्प प्रशासनले क्यानाडालाई अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’ हुने चेतावनी दिएको छ । व्यापार वार्ता असफल भएपछि करिब २० अर्ब डलरका क्यानाडेली वस्तुमा अमेरिकामा ५० प्रतिशत महसुल लागू भएको छ । यो संयुक्त राज्य अमेरिकामा क्यानाडाको निर्यातको ५.५ प्रतिशत हो ।

क्यानाडाले सेप्टेम्बर ८ बाट जवाफी महसुल लगाउने घोषणा गरेको छ । अमेरिकी बाणिज्य मन्त्रीले यसले क्यानाडालाई ‘विनाशकारी’ असर पार्ने बताए ।

क्यानडाका प्रधानमन्त्री म्याक कार्नीले ‘हामी आक्रमणमा परेका छौँ’ भन्दै क्यानाडाले प्रतिशोधस्वरूप अमेरिकी महसुल बराबरको जवाफ दिने बताएका छन् । क्यानडाले अमेरिकी स्टिल र डेरी उद्योगलाई लक्षित नयाँ करहरू सेप्टेम्बर ८ देखि लागू गर्ने तयारी गरेको छ ।

अमेरिकी यातायात मन्त्री सिन डफीले भने, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार युद्धमा जुध्दा क्यानाडा कठिन अवस्थामा पर्नेछ ।’

हाल अमेरिकाले क्यानाडाको निर्यातको करिब ७० प्रतिशत ओगटेको छ । ‘हामी उत्कृष्ट व्यापार साझेदार हौँ होइन र ? तर क्यानाडाले अमेरिकाबाट व्यापार गर्दा अमेरिकाले क्यानाडासँग व्यापार गर्दाभन्दा धेरै फाइदा लिन्छ ।’, डफीले ‘फक्स न्यूज सन्डे’ को ‘टक शो’ मा भने ।

उनले थपे, ‘उनीहरू डोनाल्ड ट्रम्पसँग युद्ध गर्न जाने र वास्तवमै अमेरिकासँग त्यो युद्ध जित्ने सोच्नु उनीहरूको तर्फबाट मूर्खता हो भन्ने मलाई लाग्छ ।’

क्यानडाका प्रधानमन्त्री कार्नी यसअघि दृढ देखिएका थिए भने ‘सम्झौता हुन नसकेपछि’ यसबाट टाढा हटेर अमेरिकामाथि प्रतिशोध महसुल घोषणा गरेका थिए । यसले दीर्घकालीन सहयोगीहरूबीचको खाडल अझ गहिरो बनाएको छ । कार्नीले अन्तिम समयमा आएका अमेरिकी मागहरू उल्लेख गर्दै भने, ‘त्यो अन्य देशहरूसँग क्यानाडाको व्यापार सम्झौता सीमित गर्ने थियो र फ्रान्सेली भाषा तथा क्युबेक संस्कृतिबारे अस्वीकार्य ‘चेतावनी’ दिएको थियो ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK