Skip to content
LAXMI SUNRISE BANK

ईभी गाडीमा दुर्घटनापछि ढोका नखुल्ने समस्या, टेस्लासहित ४३ लाख चिनियाँ गाडी बजारबाट फिर्ता गरिँदै !

अर्थ सरोकार

काठमाडौँ । दुर्घटनापछि ढोका नखुल्ने समस्या देखिएपछि बजारबाट ४३ लाख विद्युतीय गाडी (इभी) फिर्ता गरिने भएको छ । चीनको बजार नियामक एसएएमआरले सुरक्षा जोखिम भन्दै बजारबाट ४३ लाख इभी गाडी फिर्ता बोलाएको हो ।

एसएएमआरले टेस्लाका करिब ३० लाख इभी गाडी र बाँकी १३ लाख चिनियाँ गाडीहरु बजारबाट फिर्ता बोलाएको हो । यसपश्चात फिर्ता बोलाइएको गाडीहरु बिक्री नगर्न पनि एसएएमआरले निर्देशन दिएको छ ।

दुर्घटनापछि विद्युतीय प्रणालीले काम नगर्दा ढोका खोल्न कठिन हुने भन्दै ती गाडीहरु फिर्ता गर्न लागिएको बताइएको छ । तर, फिर्ता बोलाइएका अधिकांश गाडीहरुमा दुर्घटनापछि ढोका नै लक हुने, नखुल्ने हुन्छन् । यसले झनै सुरक्षा जोखिम बढाएको भन्दै उजुरी परेपछि चीनमा उक्त एक्सन लिइएको हो ।

फिर्ता बोलाइएका गाडीहरुमा जिली, डोङफेङ, साओमी, चेरी, बीएआईसी, एफएडब्लू, लिपमोटरएक्सपेङका गाडीहरु छन् । त्यस्तै, साओमीका ३ लाख ९० हजारभन्दा बढी एसयू७लिपमोटरका ३ लाख ७१ हजारभन्दा बढी गाडी फिर्ता बोलाइँदैछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK