Skip to content
LAXMI SUNRISE BANK

सोमबार पनि बढ्यो सुनको मूल्य, तोलाको ३ लाख २२ हजार ७ सय रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३२ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३२ सय रुपैयाँले बढेर तीन लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला ४९६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ७६ हजार ६ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४२५६.५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK