Skip to content
LAXMI SUNRISE BANK

‘सजिलो सेवा’माथि ठगी प्रयासको आरोप, यस्तो छ ग्राहकले पाएको हैरानीको अन्तरकथा…

अर्थ सरोकार

काठमाडौँ । ‘होम सर्भिस’ भन्दै सामाजिक सञ्जालमा व्यापक प्रचार गर्ने ‘सजिलो सेवा’माथि ठगीको आरोप लागेको छ । अनलाइन प्लेटफर्मलाई ‘बेस’ बनाएर ‘बेस्ट सर्भिस’ दिने दाबी गर्ने सजिलो सेवामाथि ठगीको आरोप लागेको हो । 

नयाँ पेजका सम्पादक समेत रहेका राजेश राईले सजिलो सेवामाथि ठगीको आरोप लगाएका हुन् ।

उनका अनुसार घर वा अफिसमा कुनै सामान बिग्रिएर फोन गरे सजिलो सेवाले घर वा अफिसमै आएर बिग्रिएको सामान लैजान्छन् र बनाएर फेरि ल्याइदिन्छन् । तर, यहीबीचमा सजिलो सेवाले ठगी गर्ने राईको आरोप छ ।

सजिलो सेवामार्फत आएका कर्मचारीले सुरुमा ‘१५ सयमा बन्छ’ भनेर लगेको सामानमा पछि पार्टपुर्जा नै फेरियो भन्दै बढी पैसा असुली गर्ने गरेको राईले आरोप लगाएका छन् । 

तर, बढी पैसा तिरेर पार्टपुर्जा फेरिपछि पनि केही समयमै त्यही सामान बिग्रिने गरेको राईको भनाई छ । त्यसपछि फेरि ‘यो पार्ट फेर्नुपर्छ’ भन्दै पैसा मागेर ग्राहकलाई पटक-पटक खर्च गराएर सजिलो सेवाले ठगी गरेको राईले बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा राईले लेखेका छन्- ‘मेरो प्रिन्टर बिग्रियो सजिलो सेवामा फोन गरेँ। सुरुमा हेरेर १ हजार ५ सय रुपैयाँमा बनाएर ल्याइदिन्छु भन्यो । पछि फोन गरेर ‘मदरबोर्ड गएको रहेछ, ९ हजार रुपैयाँ लाग्छ’ भन्यो । हुन्छ भनेपछि प्रिन्टर बनाएर अफिसमै ल्याइदियो । तर अफिसमा ल्याएको एक घण्टा नबित्दै फेरि प्रिन्टर बिग्रियो । त्यसपछि बन्छ कि बन्दैन ? भनेर दर्जनौँ पटक फोन गरेँ। कहिले कुनै स्टाफ फोन उठाउँछन्, कहिले अर्कै। एक जनाले अर्कोलाई देखाउने, तर समस्या समाधान गर्ने जिम्मेवारी कसैले नलिने ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK