Skip to content
LAXMI SUNRISE BANK

एनआईएमबीको एसएमई कर्जा योजना, ५.७५ प्रतिशत ब्याजदरमै ऋण दिइने !

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा योजना सार्वजनिक गरेको हो ।

‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको उक्त योजनामा ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा पाउनेछन् ।

उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ । बैंकका अनुसार व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताको आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको हो ।

सो कर्जा योजनामार्फत व्यवसायी तथा उद्यमीले आफ्नो व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकताअनुसार कर्जा प्राप्त गर्न सक्नेछन् । एनआईएमबीले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK