काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी भ्रम फैलाउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले एक परिपत्र जारी गर्दै इजाजतपत्र प्राप्त सबै बीमा अभिकर्तालाई यस्तो चेतावनी दिएको हो ।
सोही परिपत्रमार्फत प्राधिकरणले ‘बीमा ऐन, २०७९’ तथा प्रचलित आचारसंहिताविपरीत बीमा सम्बन्धी भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार नगर्न पनि निर्देशन दिएको छ ।
बीमा व्यवसायमै प्रतिकुल असर पर्नेगरी भ्रामक प्रचार भइरहेको भन्दै उजुरी नै परेपछि प्राधिकरणले यस्तो परिपत्र जारी गरेको हो । हाल भइरहेका त्यस्ता गतिविधिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जारी गरेको परिपत्र अनुसार ‘बीमा अभिकर्ता निर्देशन, २०८३’ को दफा १९ अन्तर्गत बीमा अभिकर्ताको आचारसंहितामा आफू अभिकर्ता रहेको बीमक वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमता तथा व्यवसायबारे गलत र अतिरञ्जित प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।
सोही व्यवस्थाविपरीत गलत र भ्रामक सूचना फैलाउने अभिकर्ता तथा मध्यस्थकर्तालाई प्राधिकरणले सचेत गराएको छ । साथै आगामी दिनमा यस्ता गतिविधि गरेको पाइए प्रचलित कानून अनुसार कडा कारवाही गर्ने पनि प्राधिकरणले चेतावनी दिएको छ । यस्तो छ प्राधिकरणले जारी गरेको परिपत्र:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्