काठमाडौँ । हाइड्रोपावरको डिजेल चोरी गर्ने र खरिद गर्ने पक्राउ परेका छन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ बोदेलस्थित हुंगा खोला जलविद्युत् आयोजनामा प्रयोग हुने डिजेल चोरी गरी बिक्री गर्ने चार चालकसहित चोरीको डिजेल खरिद गर्ने एक जना गरी पाँच जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आयोजनामा कार्यरत चालकहरूले इन्धन चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो । प्रहरीले चोरी गरिएको डिजेल खरिद गर्ने व्यक्तिसहित चार चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूबाट ६ सय ६५ केजी अर्थात् करिब ८०० लिटर डिजेल बरामद गरेको जनाएको छ । पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-८ का ४२ वर्षीय श्यामबहादुर जोगी रहेका छन् । त्यस्तै, सिन्धुली गोलन्जोर गाउँपालिका-२ का २४ वर्षीय केशव कार्की, सोही स्थानका २४ वर्षीय लिला बहादुर चौहान, सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका-१ का २५ वर्षीय यामबहादुर बस्नेत र सोही गाउँपालिका-६ का २४ वर्षीय आकाश राई पक्राउ परेका छन् । उनीहरू जलविद्युत् आयोजनामा चालकका रूपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निर्मल थापाले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएपछि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्