काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा कतिका घर लुटिए, फोरिए चोरिए । आन्दोलनको मौका छोपेर अपराधीहरु मोटाए । घरमात्र होइन बैंक लुटिए, बैंकबाट रकम र सुन चोरिए, घरघरमा पुगेर लुट मच्चाइयो । जसले सक्यो उसैले, जसको सक्यो उसैको, सुन, पैसा सबै चोर्ने काम भयो । आन्दोलनको मौकामा नेताको घरबाट डलर र गहना चोरिए, अरु के के लुटिए के के । पूर्व गभर्नर भएका नाताले र एमालेका खास मान्छे भएको आरोपका बीच पूर्व गभर्नर महाप्रसाद अधिकारीको घरमा पनि आन्दोलनकारीले तोडफोड गरे । यही क्रममा उनको घरबाट केही सुन र पैसा लुटियो ।
तर ११ महिनापछि अचम्म भयो ।गत साउन २० गते मध्यान्ह १२ बजे विजय राम भनिने विजय महरा चमार पूर्व गभर्नर अधिकारीको घरमा आयो र भन्यो- ‘मैले जेनजी आन्दोलनका बेला तपाईंको घरबाट सुन लुटेर लगेको थिएँ, फिर्ता दिन आएको ।’ त्यसपछि त उनी फन्दामा परिहाले । गभर्नर अधिकारीले तुरुन्त प्रहरीलाई फोन गरेर बोलाए । प्रहरीले पनि उनलाई पक्राउ गर्यो, उनको घर खानतलासी गर्यो र घटनाको थप अनुसन्धानमा लाग्यो ।
भदौ २४ गते दिउँसो ३ः०० बजेतिर महाप्रसाद अधिकारीको घरमा लुटपाट भएको थियो । भैंसेपाटीस्थित अधिकारीको साढे दुई तल्ले पक्की घरमा करिव ५०-६० जनाको हुल पसेर गाडी फोड्न थाल्यो, फर्निचर जलाइयो, अरु सामानहरु पनि जम्मा गरेर आगो लगाइयो ।
महाप्रसाद अधिकारीको घरमा रहेका महंगा सामान, ३५ तोला सुन, नगद लुटियो, यही क्रममा विजयले पनि सुनका केही गहना लुटेका थिए ।
रौतहटबाट काठमाडौँ पैसा कमाउन आएका थिए विजय । आफूले जानिआएको काम भएकाले जुत्ता सिलाउने काम गरे । भदौ २४ गते चोभारबाट काम सकेर फर्किने क्रममा आन्दोलन देखेपछि उनी पनि आन्दोलनकारीसँगै महाप्रसाद अधिकारीको घर पुगेका थिए ।
घरभित्र आगो बलिरहेको थियो । मान्छेहरु सामान लुटेर हिंडीरहेका थिए । उनको मनमा पनि लोभ पलायो र भित्र पसे । उनी भित्र पस्दा भुईँमा सुनका गहनाहरु छरपष्ट थिए । त्यही छरपष्ट गहनाहरुमध्ये एक जोर झुम्का गोजीमा हाले, र कसैलाई नभनी डेरामा गएर लुकाए ।
लुटपाट भएको झण्डै ११ महिनापछि उनले प्रहरीले ती घटनामा संलग्नहरुलाई खोजिरहेको सुने । त्यसपछि उनको निद हराम हुन थाल्यो । प्रहरीले थाहा पायो भने म आफैँ फस्छु भन्ने लागेर उनले सो सुन फिर्ता गर्ने निर्णय गरे र महाप्रसादको घर पुगे । तर उनी पुग्नेबित्तिकै महाप्रसादको परिवारले प्रहरीलाई बोलायो र उनी समातिए ।
विजय समातिएपछि प्रहरीले उनको डेरामा छापा मार्यो । उनको कोठामा पाउजु, गणेशको मुर्ति, चाँदीका सिक्का, सुनको दुईवटा अरु औंठी, एउटा मुन्द्रा, कानमा लगाउने अरु ७ थान झुम्का पनि भेटियो ।
विजयले महाप्रसाद अधिकारीको घरमा चोरी गरेको स्वीकार गरे पनि घरमा आगो भने आफूले नलगाएको दाबी गरेका छन् । हाल प्रहरीले उनीविरुद्ध अदालतमा मुद्धा दायर गरेको छ । महाप्रसादको घर लुट्ने अरुहरु अहिले फरार छन् । डरका कारण सुन फिर्ता गर्न पुगेका चमारको हातमा भने हत्कडी लागेको छ । (भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्