Skip to content
LAXMI SUNRISE BANK

भोटेकोशी बाढीः प्रधानमन्त्रीले बोलाए आपतकालीन बैठक

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आपतकालीन बैठक बोलाएका छन् । भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाएका हुन् । 

बैठकमा राष्ट्रिय विपद् प्राधिकरणका पदाधिकारीसहित सुरक्षा निकायहरुको समेत उपस्थिति रहनेछ । 

बैठकमा उद्धार तथा राहतको थप तयारीबारे छलफल र निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले बैठकअघि नै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न र उद्धारकार्य सक्रिय पार्न निर्देशन दिइसकेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK