काठमाडौँ । भोटेकोशीमा आएको बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय पनि बगाएको छ । तिब्बतबाट एक्कासि आएको बाढीले बस्ती र भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका कार्यालय पनि बगाएको हो ।
बाढी प्रभावित क्षेत्रमा रहेको बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय बगाउँदा ठूलो क्षति भएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाका अधिकारीले दिएको जानकारी अनुसार हाल बाढी प्रभावित क्षेत्रमा रहेका शाखा कार्यालयमा सम्पर्क हुन सकेको छैन । कर्मचारी र शाखासँग सम्पर्क हुन नसक्दा क्षतिको विवरण संकलनमा समेत कठिनाइ भएको छ ।
यहीबीच बसेको नेपाल बैंकस संघको आकस्मिक बैठकले बाढी प्रभावित क्षेत्रमा रहेको बैंक तथा वित्तीय संस्थाका कर्मचारीको उद्धारका लागि सरकारी निकायसँग समन्वय गर्ने समेत निर्णय गरेको छ ।
यद्यपि हालसम्म कहाँ ? कुन बैंक तथा वित्तीय संस्थाको ? कति क्षति भयो ? भन्ने यकिन विवरण भने प्राप्त भएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्