काठमाडौँ । प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । बुधबार हुने भनिएको प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो ।
भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न जिल्लामा पुगेको भौतिक तथा मानवीय क्षतिका कारण सो कार्यक्रम स्थगित गर्नुपरेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बाढीले पुर्याएको क्षतिपछि प्रधानमन्त्री विपद्को खोज, उद्धार तथा राहतको विषयमा विभिन्न संयन्त्रसँग छलफलमा व्यस्त भएका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित गर्नुपरेको हो ।
प्रधानमन्त्रीसँगै सांसदको प्रश्नोत्तर कार्यक्रम स्थगित भए पनि संसद बैठक भने चल्नेछ । बैठकमा विपदका विषयमा छलफल हुनेछ । बैठकमा गृहमन्त्री सुधन गुरुङले बाढी र बाढीले पुर्याएको क्षतिबारे संसदलाई जानकारी गराउने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्