काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४८ कम्पनीको १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्