काठमाडौँ । देश यतिबेला विपतमा छ । बाढीले देशका विभिन्न भूभाग तहसनहस पारेको छ । देश विदेशबाट सरकारी राहत कोषमा रकम जम्मा भईरहेको छ । विभिन्न बैंकहरुले पनि यो काममा खुलेर साथ दिएका छन् । तर यहि बेला मुक्तिनाथ विकास बैंकले बाढी पिडितलाई गरेको सहयोग भने विवादमा परेको छ ।
यो विवादको मुख्य जड हुन् बैंकका पूर्व अध्यक्ष भरत राज ढकाल । उनी बैंकका पूर्व अध्यक्ष हुन् । नियामक नेपाल राष्ट्र बैंकले उनलाई कारवाही गरेपछि उनले बैंक छाडेका थिए । त्यसपछि स्याङ्जाबाट चुनाव लडेका उनी चुनावमा समेत हारेका थिए । उनी हाल मुक्तिनाथ विकास बैंकको कुनै पनि पदमा छैनन् । तर सरकारलाई रकम हस्तान्तरणको बेला भने उनी अर्थमन्त्रीसँग फोटो खिच्न पुगेका छन् । हाल उनी बैंकका संचालकसमेत पनि होइनन् ।
अहिले ढकाललाई बैंकर भन्दा पनि राजनीतिज्ञका रुपमा बढीले चिन्छन् । यो तस्विरलाई लिएर पनि धेरैले राहतमा पनि राजनीति गरिएको भन्दै आलोचना गरेका छन् ।
आखिर ढकाल कुन हैसियतले अर्थमन्त्रीकहाँ फोटो खिच्न गए त ? यस विषयमा बुझ्न खोज्दा बैंकका सूचना अधिकारी तिल गुरुङले फोन नै उठाएनन् भने ढकालसमेत सम्पर्कमा आएनन् । गुरुङ तिनै व्यक्ति हुन्, जसमाथि ढकाल चुनाव लड्दा स्याङ्जामा मिडिया व्यवस्थापनका नाममा काँग्रेस निकटहरुलाई बैंकको प्रमोसन बजेटबाट रकम निकासा गरेको आरोप लागेको थियो । सो आरोप लागेको समयदेखि उनी निश्चित बाहेक अन्य मिडियाकर्मीहरुको सम्पर्कमा नै छैनन् । धेरैले चासो देखाएपछि उनले प्रयोग गर्दै आएको मोबाइल नम्बरसमेत बैंकको वेवसाइटबाट हटाइएको छ ।
विवादित व्यक्तिलाई राखेर नै भए पनि मुक्तिनाथ बिकास बैंकले गरेको कामलाई भने धेरैले राम्रो काम भनेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्