काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले वडा अध्यक्षले बैंकको भल्ट फोरेर झण्डै २ करोड रुपैयाँ लुटेको आरोप लगाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङले यस्तो आरोप लगाएकी हुन् ।
उनले गल्छी मास्टरका वडा अध्यक्षसहितसहित ३५ जना मिलेर बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोरेर १ करोड ८० लाख रुपैयाँ लुटेको आरोप लगाएकी छिन् ।
‘यस्तो संकटको घडीमा पनि यति निच काम गर्न कसरी सकिन्छ ?’, तामाङले फेसबुकमा लेखेकी छिन्, ‘बाढीमा बगेर आएको बैंकको भल्ट फोरेर १ करोड ८० लाख रुपैयाँ गिद्धले सिनो लुछेझैँ लुछेर बाँडेको, त्यसमा गल्छी मास्टरका वडा अध्यक्षसहित ३५ जना संलग्न रहेको भन्ने गम्भीर जानकारी आएको छ ।’
यस्तो आरोप लगाउँदै सांसद तामाङले उक्त घटनाबारे अनुसन्धान गर्न र संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गरेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्