Skip to content
LAXMI SUNRISE BANK

बाढीपीडितलाई पद्म ज्योति समूहद्वारा १ करोड आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौँ । पद्म ज्योति समूहले बाढीपीडितका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि पद्म ज्योति समूहले १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १ करोड रुपैयाँको आर्थिक सहयोग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ ।

हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेहरु बढेका छन् । हालसम्म उक्त कोषमा १ अर्ब ९१ करोड रुपैयाँ भन्दा बढी सहयोग संकलन भएको अर्थमन्त्र मन्त्रालयले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK