Skip to content
LAXMI SUNRISE BANK

‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा लुम्बिनी विकास बैंकको २५ लाख सहयोग

अर्थ सरोकार

काठमाडौँ । लुम्बिनी विकास बैंकले दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि बैंकले २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका अध्यक्ष चिन्तामणी भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन आचार्य र नायब प्रमुख कार्यकारी उमेश रेग्मीले संयुक्त रुपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका छन् । 

सहयोग हस्तान्तरण गर्दै बैंकले प्राकृतिक विपद्का कारण विभिन्न ठाउँमा भएको जनधनको क्षतिप्रति बैंकले दुःख व्यक्त गरेको छ । 

त्यस्तै, बैंकले आगामी दिनमा विपद् प्रभावित नागरिकको सहयोग र समुदायको हितमा आवश्यक सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK