Skip to content
LAXMI SUNRISE BANK

बाढीपीडितलाई मितेरी डेभलपमेन्ट बैंकको १० लाख सहयोग

अर्थ सरोकार

काठमाडौँ । रसुवा भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले रु १० लाख सहयोग गरेको छ ।

बैंकका सञ्चालक तथा कर्मचारीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी उक्त रकमको चेक सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई हस्तान्तरण गरिएको बैंकका सञ्चालक समिति अध्यक्ष किसन मास्केले जानकारी दिएका छन् ।

बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले सञ्चालक समिति तथा कर्मचारीको तर्फबाट रकम प्रदान गरिएको मास्केले बताए ।

त्यस्तै, प्रीति भल्व एन्ड फिटिङ इन्डस्ट्रिज प्रालि धरानका सञ्चालक तथा मितेरी डेभलपमेन्ट बैंकका सञ्चालक समिति सदस्य अशोककुमार अग्रवालले व्यक्तिगततर्फबाट बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रु तीन लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी प्रमुख जिल्ला अधिकारी अर्याललाई हस्तान्तरण गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK