काठमाडौँ । भोटेकोशीमा फेरि बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा फेरि बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले पुष्टि गरेका छन् ।
भोटेकोशीमा फेरि बाढी आएपछि रसुवा हुँदा चितवनसम्म बाढी प्रभावित क्षेत्रमा प्रभावितहरुको उद्धार र राहतमा खटिएकाहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।
भोटेकोशी हुँदै आएको बाढीपछि त्रिशूलीको जलसहत खतराको तहभन्दा तीन मिटर माथि पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल त्रिशूलीमा बढेको बाढीले धादिङ लगायतका केही क्षेत्रमा पुनः क्षति पुर्याएको छ । त्रिशूली, नारायणी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्