Skip to content
LAXMI SUNRISE BANK

प्रहरीले कृषि विकास बैंकको ५१ करोड बराबरको हराएको नगद र सुन भेटायो, सुरक्षित ठाउँमा लगेर जोगायो

अर्थ सरोकार

काठमाडौँ । बाढीले बगाएको कृषि विकास बैंकको भल्ट भेटिएको छ । भदौ १० गते (बुधबार) भोटेकोशीमा आएको बाढीले बगाएको बैंकको त्रिशूली ढुंगे शाखाको भल्ट भेटिएको हो ।

बाढी प्रभावितहरुको उद्धार, राहत र खोजीकार्यका क्रममा बैंकको उक्त शाखाबाट दुईवटा भल्ट भेटिएको नेपाल प्रहरीले पुष्टि गरेको छ । 

भेटिएका भल्टहरुमा १ करोड ५० लाख रुपैयाँ नगद र अनुमानित ५० करोड रुपैयाँ बराबरका सुन तथा महत्वपूर्ण कागजात रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती भल्टहरु सुरक्षित स्थानमा सारिएको छ ।

करिब ८ घण्टाको प्रयासपछि बैंकको भल्ट सुरक्षित रुपमा निकाल्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले अन्य बैंकका शाखाबाट हराएका भल्टहरुको पनि खोजी गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK