काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी विदेशी पर्यटकसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । केन्द्रिय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले यस्तो बताएका हुन् ।
काफ्लेका अनुसार सम्पर्कविहीन हुनेमा २५ जना प्रहरीसमेत रहेकोमा ३ जना मृत फेला परि सनाखत समेत भइसकेको छ । उनले सम्पर्कविहीन हुने कर्मचारीहरुमा भन्सार कार्यालयका १५, अध्यागमनका चार, आठ वटा बैंक शाखाका २६, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन तथा आठ हाइड्रोपावरका ९ सय ३३ जना रहेका छन् ।
प्रवक्ता काफ्लेले रसुवाबाट ५ सय ६२, नुवाकोटबाट १ सय १५, मकवानपुरबाट ६५ र सिन्धुपाल्चोकबाट २ सय २५ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको बताएका छन् । उनले काठमाडौँ उपत्यकामा ४ सय ८१ जना तथा कोशी प्रदेशमा १ सय ३८ जना सम्पर्कविहीन रहेको बताएका छन् । उनले गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको बताए ।
उनका अनुसार बाढीमा परि सम्पर्कविहीन हुनेमा ७ सय ४५ जना आन्तरिक तथा बाह्य पर्यटकसमेत रहेका छन् । हालसम्म बाढी प्रभावित जिल्लाहरुमा ७ सय ३५ जनाको शव फेला परेको समेत काफ्लेले बताएका छन् । उनले विपद्पछि खोज, उद्धार र राहतमा ७ हजार ८ सय ८९ जना परिचालन गरिएको बताए ।
हाल टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रसँगै हाइड्रोपावरका सुरुङमा समेत उद्धार तथा खोजी कार्य जारी रहेको काफ्लेले बताएका छन् । उनले सनाखत हुन नसकेका केही शवहरुको व्यवस्थापन गरिएको बताउँदै शवहरुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी व्यवस्थापन गरिएको स्पष्ट पारेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्