काठमाडौँ । बाढीपीडितका लागि उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले २ लाख बढी सहयोग गरेको छ । सहकारीले भोटेकोशी बाढीका प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि २ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
सहयोगबापतको उक्त रकम सिद्धार्थ बैंकमार्फत सहकारीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले बताएका छन् ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनका लागि सहयोग गर्दै सहकारीले बेपत्ताहरुको खोज तथा उद्धार कार्यमा जुट्न सबैलाई आग्रहसमेत गरेको छ ।
त्यस्तै, सहकारीले आगामी दिनहरुमा पनि आवश्यक सहयोग एवम् सहकार्य जारी राख्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्